माडी नगरपालिकाले सक्यो भूमिको वर्गीकरण, तपाईंको जग्गा कुन वर्गमा पर्‍यो ?

 

चितवन । चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ । 

भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङ्गल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङ्गलले ओगटेको छ । 

यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषियोग्य रहेको छ । उनका अनुसार सार्वजनिक जमिन ३१५ दशमलब ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलब ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र संस्कृतिक जमिन ९ दशमलब ३१ हेक्टर रहेको छ । 

जमिन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको उनले जानकारी दिए । नगरपालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । 

जग्गा धनीले भू उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनःविचार गरिने प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।

तपाईंको जग्गा कुन वर्गमा पर्यो भनेर यो लिंकमा क्लिक गरी वडा नं. अनुसार दिइएको पिडिएफ फाइलबाट हेर्न सक्नु हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update