बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । 

स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए ।

उनका अनुसार, महतरा र बुढाबीच पुरानै विवाद थियो । सोमबार साँझ ६ बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुंगाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो । 

बेलुकी ६:३० बजे बुढालाई ढुंगाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७:३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।

खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update