काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (चैत ८) बिहान ८:३० देखि बैठक सुरु हुनेछ ।
शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, चैत ६ गते २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो । शुक्रबारको बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् । आजको बैठकले औपचारिक निर्णय लिने उनले बताए ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ ०७:२२
प्रतिक्रिया दिनुहोस्







