प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’

काठमाडौं - रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिनुअगाडि बिहीबार सांगीतिक उपहार सार्वजनिक गरेका छन्। र्‍याप गायक समेत रहेका शाहले आफ्नो विजय र परिवर्तनको सङ्कल्पलाई समेटेर ‘जय महाकाली’ बोलको गीत ल्याएका हुन्।

यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ। गीतको भिडियोमा काठमाडौँका सडकदेखि देशका विभिन्न स्थानमा भएका चुनावी र्‍याली र सर्वसाधारणको उत्साहजनक सहभागितालाई समावेश गरिएको छ।

‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update