डियर बालेन !
तिमीलाई सम्बोधन गरेर वडापालिकामा ब्लग लेखेको तीन वर्ष ९ दिन भएछ । तीन वर्ष ९ दिनअघि अर्थात २०८० साल भदौ १८ गते ‘डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार’ शीर्षकमा एउटा ब्लग लेखेको थिएँ ।
मेरो ब्लगको सन्दर्भ २०८० साल भदौ १६ गते तिमीले फेसबुकमा लेखेको स्टेटससँग सम्बन्धित थियो । त्यो दिन तिमीले फेसबुकमा लेखेका थियौं– ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
डियर बालेन,
तिमी काठमाडौँको मेयर हुँदा पनि फेसबुकमा स्टेटस लेख्थ्यौं, जसरी अहिले प्रधानमन्त्री हुँदा पनि सरकारी सुचना निजी फेसबुक स्टेटसमै लेख्छौं ।
मलाई थाहा छ– तिमी साह्रै इनोसेन्ट छौं । बालशुलभ इनोसेन्ट । रसुवा बाढी अघिसम्म बालुवाटारमा कहिलेकाही हुने चिल्याक्स पार्टीमा तिमीले भन्ने कुरा र गर्ने व्यवहार मलाई सुनाउँछन् कि सहभागीहरु । त्यहाँ तिम्रो गतिविधि र कुरा सुन्दा तिमी चरम इनोसेन्ट लाग्छ मलाई । हुन त तिमी काठमाडौँको मेयर हुँदा पनि मलाई इनोसेन्ट नै लाग्थ्यौं– मालिकको नाकमा बसेको झिगालाई बन्चरोले हान्ने सेवक जस्तै इनोसेन्ट ।
होस्– यो इनोसेन्ट, डिसेन्ट, नेक्लिजेन्ट, एरोगेन्ट जस्ता उपाधिको पछाडि नलागौं ।
हिजोको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको रुपमा तिम्रो अमेरिका भ्रमण स्वीकृत गरेछ । तिमी संयुक्त राष्ट्रसंघको ८१औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सहभागी हुने मन्त्रिपरिषद निर्णयबाट थाहा भयो । प्रधानमन्त्रीका रुपमा तिम्रो पहिलो अमेरिका भ्रमणको शुभकामना !
एक महिनाको बीचमा २५ केजी चामलको मूल्य ८ सय रुपैयाँले बढेको तिमीलाई थाहा छैन । खाने तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढेको तिमीलाई जानकारी छैन । चिनीको मूल्य प्रतिकेजी ५० रुपैयाँले बृद्धि भयो भनेर तिमीलाई सकैले सुनाएकै छैन । एक केजी प्याज किन्न अहिले १२० रुपैयाँ दिनुपर्छ भन्ने तिमीलाई थाहा नै छैन । किनभने तिमी इनोसेन्ट छौं ।
डियर बालेन,
पछि नलागौं भने पनि इनोसेन्ट भन्ने शब्द त बोक्नै पर्नेछ यार ! किनकि तिमी इनोसेन्ट नै छौं के ।
तिमी कति इनोसेन्ट छौं भने, एक महिनाको बीचमा २५ केजी चामलको मूल्य ८ सय रुपैयाँले बढेको तिमीलाई थाहा छैन । खाने तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढेको तिमीलाई जानकारी छैन । चिनीको मूल्य प्रतिकेजी ५० रुपैयाँले बृद्धि भयो भनेर तिमीलाई सकैले सुनाएकै छैन । एक केजी प्याज किन्न अहिले १२० रुपैयाँ दिनुपर्छ भन्ने तिमीलाई थाहा नै छैन । किनभने तिमी इनोसेन्ट छौं ।
म जान्दछु– दीपककुमार साह हिजो मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बने भन्ने तिमीलाई थाहा छ । गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा गरेपछि दीपककुमार साहलाई मन्त्री बनाएको भन्ने पनि तिमीलाई थाहा छ ।
तिमी इनोसेन्ट छौं– त्यसैले तिमीलाई गौरीकुमारीले किन राजीनामा दिइन् भन्ने जानकारी छैन । म जानकारी दिन्छु– देशभरी ग्यासको अभाव भयो रे, उद्योगी र कर्मचारीको असहयोगले उपभोक्तालाई ग्यास दिन सकिएन भनेर गौरीकुमारीले भनिन् रे, उनको यो भनाईको धेरै आलोचना भयो रे, अनि उनले रुदै राजीनामा दिएको रे ।
मलाई थाहा छ– यो ग्यासको अभाव किन भइरहेको छ भन्ने तिमीलाई थाहा छैन । किनकि तिमी इनोसेन्ट छौं । अर्काे एउटा जानकारी दिन्छु– जुन ठाउँबाट जुन बाटो भएर नेपालमा ग्यास आउँछ, पेट्रोल पनि त्यही ठाउँबाट, त्यही बाटो भएर आउछ । डिजेल पनि त्यसरी नै आउँछ । नुन पनि उही मार्गबाट आउने हो । तर, ग्यासबाहेक अरुको अभाव छैन ।
अर्काे कुरा, बरु पेट्रोल, डिजेल वा नुनको बढी स्टक राख्न सकिन्छ तर ग्यासको सकिन्न । ग्यास राख्ने सिलिण्डरमै हो । पेट्रोल डिजेल त बरु ग्यालिन वा बोतलमा राख्न सकिन्छ । अभाव ग्यासको मात्रै छ ।
तिमी इनोसेन्ट छौं, त्यसैले तिमीलाई एउटा कुरा भन्छु– ग्यास अभाव हटाउन मध्यकालिन रणनीतिको लागि २ विकल्प छन् । एक– प्रत्येक ग्यास उद्योगले कम्तिमा ३० हजार सिलिण्डर मौज्दात राख्नै पर्ने । दुई– ग्यास सिलिण्डर नेपाल आयाल निगमको हुने, उद्योगको पहिचान ग्यास सिलिण्डरको कभरमा मात्रै राख्ने ।
तिमीलाई सरकारी संरचना बढी सक्रिय होओस भन्ने लाग्छ भने अर्काे विकल्प पनि छ । त्यो के हो भने साल्ट ट्रेडिङले अहिले २ प्रतिशत ग्यास आयात गरी बेच्न पाउँछ । त्यसलाई बढाएर ५० प्रतिशत वा त्योभन्दा बढीको जिम्मा दिने ।
यी विकल्पको अलिकति व्याख्या पनि गरौं ।
प्रत्येक उद्योगले ३० हजार सिलिण्डर मौज्दात राख्ने व्यवस्था गरियो भने के हुन्छ त ? अहिले ५८ उद्योग संचालनमा छन् । यी उद्योगले ३० हजार सिलिण्डर मौज्दात राख्दा नेपालमा १७ लाख ४० हजार वटा सिलिण्डर मौज्दात हुन्छन् । यो मौज्दातले अभाव सिर्जना हुने जोखिम कम गर्छ । यो मौज्दात चाही सरकारको लागि भनेर हुनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने ।
दोस्रो विकल्प सिलिण्डर जति आयाल निगमको हुने । यस्तो व्यवस्था भयो भने यो कम्पनीको ग्यास पाइयो, त्यो कम्पनीको ग्यास पाइएन भन्ने नै हुँदैन । विस्तारै उद्योगको संख्या घट्छ र ठूलो पूर्वाधार र संरचना भएको उद्योगले सेवा दिन्छन् ।
अहिले ज्वानो उमालेर सुत्केरीलाई खुवाउनु परेको छ, विरामीलाई पानी तताउनु परेको छ र बच्चालाई लिटो पकाएर नखुवाइ भएको छैन भने तिमी हामीले बनाउने मध्यकालिन वा दीर्घकालिन विकल्पको काम छैन । अहिले चाहियो ग्यास, अहिले ।
यो आइडिया त ठीक हो भन्ने तिमीलाई लाग्ला । तर, यसमा सानो समस्या छ बालेन । त्यो के भने अहिले ज्वानो उमालेर सुत्केरीलाई खुवाउनु परेको छ, विरामीलाई पानी तताउनु परेको छ र बच्चालाई लिटो पकाएर नखुवाइ भएको छैन भने तिमी हामीले बनाउने मध्यकालिन वा दीर्घकालिन विकल्पको काम छैन । अहिले चाहियो ग्यास, अहिले ।
अहिले ग्यास पाउनको लागि तिम्रो भौतिक मन्त्रीको जस्तो खुट्टा भाँच्ने धम्कीले हुदैन । पाता कस्ने धम्की दिने मन्त्री त राजीनामा बुझाएर हिडिसकिन् । यो देशका नागरिक ‘सरकार मर्यो, मलाई जुठो पर्यो’ भन्ने तिम्रा पार्टी सभापतिको भनाईको पनि अनुशरण गर्छन् । ‘... सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ भन्ने तिम्रो महानवाणीको पनि अनुयायी हुन् । ‘त्यो रामचन्द्रेलाई थुत्छु’ भन्ने तिम्रा गृहमन्त्रीलाई पनि यी नागरिकले मन पराउँछन् । तिमी काठमाडौँको मेयर हुँदा सिंहदरबारको गेटमा फोहोर फालेको विर्सेका छैनन् नागरिकले ।
उनीहरुका माग तत्काल पूरा गर । सुझाव कार्यान्वयन गरिहाल । सिंहदरबारभित्र बस्ने कुनै मान्छे सर्वज्ञ, अनि मार्केटमा काम गरिरहेको मान्छे चै केही नजान्ने वा माफिया मात्रै हुन्छ भन्ने इलुजनबाट मुक्त होउ ।
त्यसैले, ग्यास वितरणसँग सम्बन्धित संयन्त्रसँग गम्भीर छलफल गर । आयाल निगम, ग्यास उद्योग र ग्यास विक्रेतासँग समस्या बुझ । उनीहरुका माग तत्काल पूरा गर । सुझाव कार्यान्वयन गरिहाल । सिंहदरबारभित्र बस्ने कुनै मान्छे सर्वज्ञ, अनि मार्केटमा काम गरिरहेको मान्छे चै केही नजान्ने वा माफिया मात्रै हुन्छ भन्ने इलुजनबाट मुक्त होउ ।
मलाई थाहा भयो– तिमी असोज ६ गते अमेरिका जाने रहेछौं । तिमी जानुअघि हरेराम पासवानलाई एक सिलिण्डर ग्यास देउ । चिन्छौं नि हरेराम पासवानलाई ? उनी राजविराजको गजेन्द्रनारायण अस्पताल बाहिर सुत्केरी हुने ३५ बर्षीय बबिताकुमारी पासवानका श्रीमान हुन् । साच्ची ! सुत्केरी श्रीमतीलाई खुवाउन ग्यास पाइन भनेर एक जनाले काठमाडौँको धोबीखोलामा हाम फालेर आत्महत्याको प्रयास गरेको तिमीले सुन्यौं कि सुनेनौ ?
चिनीको मूल्य बढ्दा, ग्यास नपाइदा, चामल महंगो हुँदा, तेलको भाउ बढ्दा, गाडीवालाले हप्काउँदा, अस्पतालले उपचार नगर्दा, स्कुलले शुल्क बढाउँदा, बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्दा, आशिका तामाङले नौटंगी देखाउँदा, सुनिल लम्सालले खुट्टा भाच्नुपर्छ भन्दा, खगेन्द्र सुनार वा रमेश प्रसाईंले सकुनीशैलीमा सरकारको भक्तिगान गाउँदा नागरिकले रवि, बालेन र सुधनको अनुहार सम्झन्छन् ।
दैनिक उपभोक्त वस्तुको चरम मूल्यबृद्धिको समस्या एकातिर छ भने ग्यास नपाइएको अर्काे विकराल समस्या छ । तिमी प्रधानमन्त्री हो । यो देशको प्रधानमन्त्री हौ बालेन तिमी । चिनीको मूल्य बढ्दा, ग्यास नपाइदा, चामल महंगो हुँदा, तेलको भाउ बढ्दा, गाडीवालाले हप्काउँदा, अस्पतालले उपचार नगर्दा, स्कुलले शुल्क बढाउँदा, बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्दा, आशिका तामाङले नौटंगी देखाउँदा, सुनिल लम्सालले खुट्टा भाच्नुपर्छ भन्दा, खगेन्द्र सुनार वा रमेश प्रसाईंले सकुनीशैलीमा सरकारको भक्तिगान गाउँदा नागरिकले रवि, बालेन र सुधनको अनुहार सम्झन्छन् ।
त्यसैले ग्यास देउ, महंगी नियन्त्रण गर । सार्वजनिक सेवा प्रवाहको गुणस्तर बढाउ । नागरिकका गुनासा सुन, सम्बोधन गर । नत्र पोहोरको भदौ २३ अघि तिमी र रविले सरकारप्रति नागरिकको मनमा कस्तो छाप पारेका थियौं, भदौ २४ पछि सुधनले कस्तो छाप पारे, मनन् गर है । म यो किन भनिरहेको छु भने तिमी इनोसेन्ट छौं बालेन ।




