काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस रमेश लेखकलाई पक्राउ गरेपश्चात् देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
देशभर सुरक्षा चुनौती बढेको भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् ।
प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ । जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ ।
सशस्त्रले पनि आफ्ना सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राखेको छ । भिड नियन्त्रण गर्दा लगाउने चुस्तामा स्ट्यान्डबाई बस्न देशभर सर्कुलर गरिएको छ ।






