ज्यान मार्ने धम्की दिएको भन्दै चैत १७ को मिति राखेर १६ गते नै निवेदन दिए हर्क साम्पाङले (निवेदनसहित)
काठमाडौँ । धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई) ले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै आवश्यक कारवाहीको लागि उनले निवेदन दिएका हुन् । राईले चैत १७ गतेको मिति राखेर आज (चैत १६ गते) निवेदन दिएका छन् ।
उनले दिएको निवेदनमा आफू र आफ्नो परिवारलाई नै ज्यान मार्ने धम्की दिएको तथा घर जलाउने धम्की दिएको उनको दाबी छ । उनले टिकटक, फेसबुक र आमसंचार माध्यमबाट धम्की दिएको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२ १६:२१
प्रतिक्रिया दिनुहोस्






