यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, मंगलबार (चैत्र १७) दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति, कोशी प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसीलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update