कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं- पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी  प्रदेश सांसद रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । 

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । 

खड्का सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि  प्रहरीको हिरासतमा छन् । यस्तै शर्मा भने बालिकामाथि हिंसाको अभियोगमा प्रहरी हिरासतमा छिन् । 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update