काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँगै थियो भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहलाई हिजो मात्रै प्रधानमन्त्री शाहले वर्खास्ता गरेका थिए ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए ।
नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।






