कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज : दलको नेता चयन गरिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (वैशाख २) बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ । 

कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए ।

पार्टीकै नेता–कार्यकर्ताले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि दलकै नेता छान्न नसक्नु विडम्बना भएको बताउँदै आएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update