काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने
सोमबार, मंसिर २२, २०८२
महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेले टेकुको भवन मापदण्ड विपरित रहेकोले भत्काउन लागिएको बताए ।
माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन
सोमबार, मंसिर २२, २०८२
उनले उत्खनन् गर्ने भनिएको धनुवा क्षेत्रसम्म जानको लागि पहुचमार्ग बनाउन थालिएको तर, त्यसमा पनि स्थानीयको विरोध भएपछि त्यसै छोडिएको बताए ।
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
सोमबार, मंसिर २२, २०८२
स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो ।
फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ?
सोमबार, मंसिर २२, २०८२
गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
आइतबार, मंसिर २१, २०८२
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कहाँ पुग्यो काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम?
आइतबार, मंसिर २१, २०८२
काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
आइतबार, मंसिर २१, २०८२
आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
आइतबार, मंसिर २१, २०८२
इन्द्रावती गाउँपालिका कार्यालय, नवलपुरमा क्लेन (CLAN) आयोजना तथा जलवायु परिवर्तनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार गाउँपालिकाका विभिन्न शाखाका १५ भन्दा बढी कर्मचारीहरूको उपस्थिति कार्यक्रम गरिएको हो ।
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
आइतबार, मंसिर २१, २०८२
अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनको भनाइ छ ।
अख्तियारको दायरामा आउन थाले ‘ठूला माछा’, ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जना विरुद्ध मुद्दा
आइतबार, मंसिर २१, २०८२
अख्तियारले सानोतिनो भ्रष्टाचार काण्डका दोषीमाथि मात्रै कारवाही गर्ने गरेको तर ठूला काण्डप्रति बेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेको समयमा पछिल्लो समय ‘ठूला माछा’ पनि कारवाहीमा पर्न थालेका छन् ।
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
आइतबार, मंसिर २१, २०८२
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।
गोवाको नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
आइतबार, मंसिर २१, २०८२
भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।


