मनसुनको प्रभाव कायम, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुनको प्रभाव कायम, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहितको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
देशभर विपदका ३४ घटना, २७ लाखबराबरको क्षति
देशभर विपदका ३४ घटना, २७ लाखबराबरको क्षति पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपदका घटना घटेका छन् । विपदमा परेर एक जनाको ज्यान गएको छ भने २० घाइते भएका छन् ।
धनुषामा निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने
धनुषामा निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने भएको छ ।
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ ।
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् ।
गोठाटारमा आगलागी हुँदा १४ वटा पसल नष्ट
गोठाटारमा आगलागी हुँदा १४ वटा पसल नष्ट काठमाडाैंको गोठाटारमा शनिबारराति सुरू भएको आगलागीमा परी विभिन्न १४ वटा पसलहरु जलेर नष्ट भएका छन्। शनिबार राति करिब सवा ९ बजेदेखि सुरु भएको आगलागीका कारण फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका १४ वटा पसलमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।
मस्कोमा रेस्टुरेन्ट बाहिर विस्फोट, ३ जनाको मृत्यु
मस्कोमा रेस्टुरेन्ट बाहिर विस्फोट, ३ जनाको मृत्यु रुसको राजधानी मस्कोमा एक इटालियन रेस्टुरेन्टबाहिर भएको विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । रुसी सरकारी मिडियाले सुरक्षा अधिकारीको हवाला दिँदै एउटा घरेलु विस्फोटक विस्फोट भएको उल्लेख गरेका छन् । यो विस्फोट स्थानीय समयअनुसार साँझ ८ बजे शहरको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै...
सरकार र जनकपुरमा आन्दोलनरत हिन्दुवादी मोर्चाबीच ११ बुँदे सहमति
सरकार र जनकपुरमा आन्दोलनरत हिन्दुवादी मोर्चाबीच ११ बुँदे सहमति सरकार र जनकपुरधाममा आन्दोलनमा उत्रिएको हिन्दुवादी मोर्चाबीच ११ बुँदे सहमति भएको छ । मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्था समाधानका लागि गएका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत संगठनका प्रतिनिधिबीच ११ बुँदे सहमति भएको हो।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको...
आज कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?
आज कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ? देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Weather Update