भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु
भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन
प्रधानमन्त्रीको दाबीः दलहरू एकजुट भए देशमा हिंसा मच्चिदैन सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।
शंकास्पद रुपमा चाँदी बिक्री गर्दै हिमालयन बुलियन कम्पनी, वेबसाइटमै राख्यो झुटा विवरण
शंकास्पद रुपमा चाँदी बिक्री गर्दै हिमालयन बुलियन कम्पनी, वेबसाइटमै राख्यो झुटा विवरण कम्पनीले आफ्नो वेबसाइटमा चाँदी विक्रीको झुटो विवरण समावेश गरेको छ । वेबसाइटमा नै कम्पनीले आफूलाई नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल सुनचाँदी व्यवसायी महासंघबाट ‘मान्यता प्राप्त’ भनेर उल्लेख गरेको छ । 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने  बैंक र एसोसिएशनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहँुच विस्तारको साथै फूल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । 
सिन्धुलीको कमलामाई नगरपालिकाको एक घरमा आगलागी, बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुलीको कमलामाई नगरपालिकाको एक घरमा आगलागी, बुहारीको मृत्यु, ससुरा घाइते जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा
बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
निर्वाचनको प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
निर्वाचनको प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
गृहमन्त्री अर्यालद्वारा भक्तपुरको बाल सुधारगृहको निरीक्षण
गृहमन्त्री अर्यालद्वारा भक्तपुरको बाल सुधारगृहको निरीक्षण सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएका थिए। मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिएका थिए। उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिए।
तारकेश्वर नगरपालिकाबाट गहना चोरी र बिक्रिमा संलग्न दुई जना पक्राउ
तारकेश्वर नगरपालिकाबाट गहना चोरी र बिक्रिमा संलग्न दुई जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए।
वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ
वीरगञ्ज महानगरपालिकाबाट २४० किलो चरेससहित दुई जना पक्राउ वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।
वडापालिका ब्रिफिङ यस्तो हो शिखर इन्स्योरेन्स कम्पनी र जुम्लाका स्याउ किसानबीचको विवाद 
वडापालिका ब्रिफिङ यस्तो हो शिखर इन्स्योरेन्स कम्पनी र जुम्लाका स्याउ किसानबीचको विवाद  यो विषयमा हामीले जुम्लाको टिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायासँग पनि कुराकानी गरेका छौं । उनले सानो संख्यामा बीमा गराउने किसानले भुक्तानी पाएको र धेरै बोटको बीमा गराउने किसानले भुक्तानी पाउन समस्या भएको बताए ।
भदौ २४ मा नेवानि भवन आगो लाग्नबाट बचाउने १५ जना युवालाई काठमाडौँ महानगरको सम्मान
भदौ २४ मा नेवानि भवन आगो लाग्नबाट बचाउने १५ जना युवालाई काठमाडौँ महानगरको सम्मान भदौ २४ गतेको आन्दोलनका क्रममा नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भवनमा आगो लाग्नबाट बचाएर स्थानीय बस्ती जोगाउने १५ जना स्थानीय युवालाई सम्मानित गरिएको थियो । 
Weather Update