मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
शनिबार, चैत ७, २०८२
अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने पोखरेलले जानकारी दिइन् ।
विदेह नगरपालिकाको उपमेयरको टोली बजार अनुगमनमा, ग्यास कालोबजारी गरे कारवाही गर्ने
शुक्रबार, चैत ६, २०८२
धनुषा जिल्लाको विदेह नगरपालिकाले पेट्रोलियम पदार्थको कालोबजारी रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ ।
तातोपानी गाउँपालिकाले उपभोक्ता समितिलाई भन्यो–वैशाख १० भित्र सम्झौता गर्नुपर्छ, छिटो आउनू
शुक्रबार, चैत ६, २०८२
जुम्लाको तातोपानी गाउँपालिकाले उपभोक्ता समितिहरुलाई वैशाख मसान्तभित्रै आयोजना सम्पन्न गर्ने गरी सम्झौता गर्न आउन भनेको छ ।
पनौती नगरपालिकाले ६० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत दिने
शुक्रबार, चैत ६, २०८२
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ६० वर्ष उमेरभन्दा माथिका नागरिकलाई आवश्यक परेमा निःशुल्क कृत्रिम दाँत उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने
शुक्रबार, चैत ६, २०८२
काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सघाउने, कस्तो गर्दैछ सहयोग ?
शुक्रबार, चैत ६, २०८२
आवेदन दिदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अटो साइजको २ प्रति फोटो र उद्यम वा व्यवसाय संचालन गरेको भए व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने
शुक्रबार, चैत ६, २०८२
देशका विभिन्न प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव बढ्दा हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।
अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्न महानगरपालिका र प्रसुति तथा स्त्री रोग अस्पताल बिच सम्झौता
बिहीबार, चैत ५, २०८२
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँमा हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनु पर्ने अवस्था रहेको बताए। यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुने उनको भनाइ थियो ।
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
बिहीबार, चैत ५, २०८२
यसअघि गत पुस ३० गते सविता भण्डारी बराल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेको थियो। तर त्यसको दुई दिनपछि माघ २ गते लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको देखिएको छ।
राप्रपा संसदीय दलको नेतामा शाही चयन
बिहीबार, चैत ५, २०८२
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
सरकार गठनबारे रास्वपाका चार नेता छलफलमा
बिहीबार, चैत ५, २०८२
भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् ।
कानूनविपरीत विदेशी खेलाडी समावेश भएपश्चात् एन्फाले स्थगित गर्यो राष्ट्रिय लिगका खेल
बिहीबार, चैत ५, २०८२
एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै एन्फा राष्ट्रिय लिगको म्याच नम्बर ९७ तथा म्यान नम्बर १०० देखि १३६ सम्मका खेल स्थगित गरिएको जनाएको छ । एन्फाले यस सम्बन्धी जानकारी राष्ट्रिय लिगमा सहभागी क्लबहरूलाई समेत गराएको छ ।


