काठमाडौं महानगरद्वारा सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान 
काठमाडौं महानगरद्वारा सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान  आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरु, विभागीय प्रमुखहरु उपस्थित रहेका थिए।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज वर्षा र हिमपात छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।  
नयाँ वर्ष सन् २०२६ सुरु
नयाँ वर्ष सन् २०२६ सुरु ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । 
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
घट्यो पेट्रोल र डिजेलको मूल्य, यस्तो छ सूची
घट्यो पेट्रोल र डिजेलको मूल्य, यस्तो छ सूची इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००। ३५ ले बढेर आएको निगमको भनाइ छ । 
हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजनामा रहेको उपप्रमुख डङ्गोलको भनाइ 
हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजनामा रहेको उपप्रमुख डङ्गोलको भनाइ  यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरपालिकाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा ‘नमुना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ । केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका...
भेडेटारमा तीन दिने खाना महोत्सव सुरु
भेडेटारमा तीन दिने खाना महोत्सव सुरु ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ।
मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम
मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
बाक्लो कुहिरो र हुस्सुले दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
बाक्लो कुहिरो र हुस्सुले दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
धार्चे गाउँपालिकाको रुन्चेत गाउँमा ४ दिनदेखि छैन बिजुली 
धार्चे गाउँपालिकाको रुन्चेत गाउँमा ४ दिनदेखि छैन बिजुली  जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम रुञ्चेत गाउँ बिगत तीनदिनदेखि विद्युतसेवा विहिन भएको छ ।
समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, यी हुन् दल र चुनाव चिह्न
समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता, यी हुन् दल र चुनाव चिह्न निर्वाचन आयोगले तोकेको कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका थियो। उक्त अवधिमा बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये ५४ दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत सहभागिता जनाएका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची बुझाएका छन्।
स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।
Weather Update