Odapalika - The Fourth Estate - चौथो अंग
बाल सुधारगृहबाट फरार १७ जना पक्राउ
बाल सुधारगृहबाट फरार १७ जना पक्राउ भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।
नदीमा बगेकी बालिकाको सकुशल उद्धार
नदीमा बगेकी बालिकाको सकुशल उद्धार हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीय बालिकाको उद्धार गरिएको छ ।
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । 
पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता 
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता  मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीय क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जेनजी आन्दोलनका ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय
जेनजी आन्दोलनका ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए।
अमेरिकामा नेपाली युवक मृत भेटिए
अमेरिकामा नेपाली युवक मृत भेटिए गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्। 
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ। 
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। 
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । 
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो । 
Weather Update