पाँचखाल नगरपालिकाका मेयरलाई पितृशोक, कांग्रेसको सादगी नेता  खरेलको निधन
पाँचखाल नगरपालिकाका मेयरलाई पितृशोक, कांग्रेसको सादगी नेता  खरेलको निधन काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा  गए  राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका मेयर छन् ।
मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य
मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य गुल्मी जिल्लाको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको प्याकेटिङ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी भएको हो ।
होमस्टेको आनन्द लिन जाने होइन त रघुगङ्गाको दर्मीजा ?
होमस्टेको आनन्द लिन जाने होइन त रघुगङ्गाको दर्मीजा ? म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन सुरू भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन्।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सक्रियता
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सक्रियता लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो ।
रास्वपा महाधिवेशनमा बन्दसत्र  सुरु हुँदै, के के छ सम्भावित कार्यसूची ?
रास्वपा महाधिवेशनमा बन्दसत्र  सुरु हुँदै, के के छ सम्भावित कार्यसूची ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान साढे ८  बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ...
खाँदबारी र सभापोखरीमा पहिरोका कारण तीन परिवार विस्थापित
खाँदबारी र सभापोखरीमा पहिरोका कारण तीन परिवार विस्थापित अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलको चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
विश्वकप फुटबल : साउदीमाथि स्पेनको शानदार जित
विश्वकप फुटबल : साउदीमाथि स्पेनको शानदार जित फिफा विश्वकप फुटबल अन्तर्गत समुह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामथि शानदार जित निकालेको छ । एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गर्दा दोस्रो हाफमा एक गोल उपहार पायाे ।
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताए ।
Weather Update