२५ अर्ब ५५ करोडका १० हजार ८४५ विद्युतीय सवारी आयात
बुधबार, असार १०, २०८३
दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
बुधबार, असार १०, २०८३
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औं नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
बुधबार, असार १०, २०८३
कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
इङ्ल्याण्ड र घानाले अंक बाँड्दा क्रोएसियाको पहिजो जित
बुधबार, असार १०, २०८३
फिफा विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन्।
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बुधबार, असार १०, २०८३
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
रोनाल्डोको कीर्तिमानमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
बुधबार, असार १०, २०८३
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’ बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।
ककनी गाउँपालिकाको हिलेभित्ता हुनै ठूलोचित्रे जाने बाटो पिच हुने
मंगलबार, असार ९, २०८३
सडक पिच गर्न लागिएकोले सो सडकखण्ड भएर आवत जावत गर्ने सवारी साधनहरु तत्कालको लागि बन्द गरिएको छ ।
धनपालथान गाउँपालिकाले धानबालीको झारनासक विषदीमा ५० प्रतिशत अनुदान दिने
मंगलबार, असार ९, २०८३
गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि बिकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बिषादी वितरण गर्न लागिएको गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रीता खतिवडाले जानकारी दिइन् ।
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरमा ३२९७ विद्यार्थीको आवेदन, ५८६ जना मनोनयन सूचीमा
मंगलबार, असार ९, २०८३
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ का लागि ५ सय ८६ जनालाई मनोनयन गरेको छ । अन्तिम मनोनयनका लागि ३ हजार २ सय ९७ जनाको आवेदन प्राप्त भएको महानगरले जानकारी दिएको छ ।
विद्यार्थीलाई करेसाबारी सम्बन्धी सीप सिकाइँदै महावै गाउँपालिका
मंगलबार, असार ९, २०८३
कालीकोट जिल्लाको महावै गाउँपालिकाले पालिकाभित्रका सबै माध्यमिक विद्यालयका २ सय विद्यार्थीलाई करेसाबारी बनाउन सीप सिकाएको छ ।
भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार
मंगलबार, असार ९, २०८३
प्रमुख प्रशासकीय अधिकृत तिमल्सेनाले लेखेको पत्रमा वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीले सो माइन्युट लिएर उपमेयरको कार्यकक्षमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको तर उपमेयरको सचिवालयले माइन्युट नभएको बताएपछि खोजी गरिएको उल्लेख छ ।
रास्वपा महाधिवेशनलाई मौसमको साथ, चितवनमा एकाएक घट्यो गर्मीको चाप
मंगलबार, असार ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्नसक्ने त्रास आयोजकको थियो ।
रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
मंगलबार, असार ९, २०८३
योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको रास्वपाको भनाइ छ ।


