धनपालथान गाउँपालिकाले धानबालीको झारनासक विषदीमा ५० प्रतिशत अनुदान दिने

 

काठमाडौँ । मोरङ जिल्लाको धनपालथान गाउँपालिकाले धानबालीको झारनाषक बिषादी ५० प्रतिशत अनुदानमा बितरण गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि बिकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बिषादी वितरण गर्न लागिएको गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रीता खतिवडाले जानकारी दिइन् ।

विषादी वितरणको लागि गाउँपालिकाले गत बैशाख २९ गते सार्वजनिक सुचना प्रकाशत गरेको थियो । सो सुचनाका आधारमा निवेदन दर्ता गराएका धान खेती गर्ने कृषकहरुको लागि विषादी बितरण गर्न लागिएको उनले जानकारी दिइन् ।

यसको लागि गाउँपालिको पुनः सार्वजनिक सुचना प्रकाशन गरेको छ । असार ९ गते प्रकाशन गरिएको सुचनामा सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र १ लिटर बिषादीको ५० प्रतिशत रकम ३ सय ८० रुपैयाँ जम्मा गरी सामग्री बुझिलिनु भनिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update