धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सघाउने, कस्तो गर्दैछ सहयोग ?

 

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा महिलाका लागि उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम नै राखेर सहयोग गर्न लागेको हो । गाउँपालिकाले उद्यम तथा उद्यमी महिलाको लागि अद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडाले जानकारी दिइन् ।

यसका लागि गाउँपालिकाले इच्छुक व्यक्तिसँग आवेदन माग गरेको छ । चैत ३ गते सार्वजनिक सुचना प्रकाशन गरी आवेदन माग गरिएको र सोको म्याद ७ को लागि राखिएको उनले जानकारी दिइन् ।

आवेदन दिदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अटो साइजको २ प्रति फोटो र उद्यम वा व्यवसाय संचालन गरेको भए व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update