
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाले आफ्नो पालिकाभित्रका सहकारी संस्थाहरुलाई असोज मसान्तभित्र लेखापरीक्षण गरिसक्न भनेको छ ।
गाउँपालिकाले सहकारी संस्थाहरुलाई दिएको ७ बुँदे निर्देशनमा यस्तो निर्देशन पनि समावेश छ । यस्तै लेखापरीक्षण नियुक्ति गरिएको जानकारी गाउँपालिकालाई दिन भनिएको छ ।
गाउँपालिकाले सहकारी संस्थाहरुलाई पुस मसान्तभित्रमा वार्षिक साधारणसभा गरिसक्न पनि भनेको छ । यस्तै, सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणाली (कोपोमिस) मा आवद्ध भइ समष्टिगत विवरण, मासिक विवरण, सदस्यहरुको विवरण, साधारणसभाको विवरण लगायतको अन्य विवरणहरु तोकिएको समयभित्र अनिवार्य रुपमा प्रविष्ट गर्न पनि गाउँपालिकाले भनेको छ ।