सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी‚ अझै ५५ अर्बभन्दा बढी दायित्व बाँकी
शनिबार, फागुन १६, २०८२
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
शनिबार, फागुन १६, २०८२
परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु
शनिबार, फागुन १६, २०८२
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए ।
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
शनिबार, फागुन १६, २०८२
सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
मतदानकाे दिन हिमाली र पहाडी क्षेत्रका एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपातकाे संभावना
शुक्रबार, फागुन १५, २०८२
यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
शुक्रबार, फागुन १५, २०८२
पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
शुक्रबार, फागुन १५, २०८२
पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। वडा...
जनकपुर-जयनगर रेल सेवा तीनदिन बन्द हुने
शुक्रबार, फागुन १५, २०८२
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो
शुक्रबार, फागुन १५, २०८२
हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व रु १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ...
‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’
शुक्रबार, फागुन १५, २०८२
साथै डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन तथा विद्युतीय भुक्तानी प्रणाली विस्तारका लागि लिइएका रणनीतिक पहलले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग समायोजन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना
शुक्रबार, फागुन १५, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ वटालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ ।
मोरङ प्रशासनले भन्यो– यसपालि घरबाहिर निस्किएर होली नखेल्नू
शुक्रबार, फागुन १५, २०८२
प्रशासनले सार्वजनिक सुचना नै प्रकाशन गरेर घर परिसरभित्र मात्रै होली खेल्न पनि भनेको छ ।
जीतपुर सिमरा उपमहानगर निर्णयः ५ करोडको सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित, सार्वजनिक सुनुवाई कहिले ?
शुक्रबार, फागुन १५, २०८२
खैरहादेखि बसडिलवा जाने सडक कालोपत्रे योजनाको कुल लागत पाँच करोडमा नबढ्ने गरि उपमहानगरको तर्फबाट स्रोत सुनिश्चितता गर्ने निर्णय भएको नगर प्रवक्ता भोजबहादुर खत्रीले जानकारी दिए ।


