बाढी प्रभावित थप ७ स्थानमा टेलिकम सेवा सुचारु, १२० मध्ये चल्न थाले ९३ साइट
बाढी प्रभावित थप ७ स्थानमा टेलिकम सेवा सुचारु, १२० मध्ये चल्न थाले ९३ साइट नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ ।
भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ जम्मा गर्ने भएको छ।
भोटेकोशी बाढीपीडितलाई मल्लरानी गाउँपालिकाको ५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई मल्लरानी गाउँपालिकाको ५ लाख सहयोग मल्लरानी गाउँपालिकाले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शनिवारदेखि सुरु भयो त्रिशुली ३ए जलविद्युत आयोजनाको टनेलको मुख खोल्ने कार्य
शनिवारदेखि सुरु भयो त्रिशुली ३ए जलविद्युत आयोजनाको टनेलको मुख खोल्ने कार्य रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ।
अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो निःशुल्क यातायात
अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो निःशुल्क यातायात निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।
पहिचान नभएका शव गाड्ने चितवन प्रशासनको निर्णय
पहिचान नभएका शव गाड्ने चितवन प्रशासनको निर्णय जिल्ला प्रशासन कार्यालय चितवनले भोटेकोशी वाढीमा परि निधन भएका तर पहिचान हुन व्यक्तिहरुका शव गाड्ने निर्णय गरेको छ ।
जानकी गाउँपालिकाले भन्यो– बाढी प्रभावितलाई आर्थिक र भौतिक सहयोग गर्न तयार छौं
जानकी गाउँपालिकाले भन्यो– बाढी प्रभावितलाई आर्थिक र भौतिक सहयोग गर्न तयार छौं बाँके जिल्लाको जानकी गाउँपालिकाले रसुवालगायतका जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
त्रिविका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
त्रिविका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु पोखराको मुख्य बजार क्षेत्रमा सडकमा भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । शुक्रबार साँझ परेको भारी वर्षापछि पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने सडकमा ठूलो भेल आएको थियो। जसले बगाएर पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँ सहयोग रकम संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँ सहयोग रकम संकलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।
रोशी गाउँपालिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने
रोशी गाउँपालिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
रसुवाका बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि गोदावरी नगरपालिकाले ५० लाख सहयोग गर्ने
रसुवाका बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि गोदावरी नगरपालिकाले ५० लाख सहयोग गर्ने रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख (पचास लाख रुपैयाँ) आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
Weather Update