आधारभूत तहको परीक्षामा १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड
आधारभूत तहको परीक्षामा १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको थियो ।
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका उनले यसअघि रातिको समयमा किशोरी र महिलाले दुव्र्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गरे। सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको डङ्गोलले जानकारी दिए।
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्ले, डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत काजीबहादुर विष्ट, कलंकीका प्रमुख मालपोत अधिकृत रविन ढकाल र चावहिलका प्रमुख मालपोत अधिकृत भोजराज श्रेष्ठले सेवा हस्तान्तरण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय
शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय महानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयहरुको परिचय पाटी नेपाली, अंग्रेजी र नेपाल भाषामा नाम लेख्न लगाउन शिक्षा विभागलाई निर्देशन दिने लगायत महत्वपूर्ण निर्णय हुन्...
अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्न महानगरपालिका र प्रसुति तथा स्त्री रोग अस्पताल बिच सम्झौता
अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्न महानगरपालिका र प्रसुति तथा स्त्री रोग अस्पताल बिच सम्झौता सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँमा हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनु पर्ने अवस्था रहेको बताए। यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुने उनको भनाइ थियो ।
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। ‘उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ प्रा डा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण...
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल विक्रम संवत् चन्द्रमास र सौरमास चक्रको संयोजनमा आधारित क्यालेण्डरमा आधारित छ । नेपाल संवत चन्द्रमासको प्रतिपदा तिथिमा आधारित हुन्छ । यसका महिना चन्द्रमाको गतिका आधारमा २९ देखि ३२ दिनसम्मका हुन्छन् । हरेक वर्षमा एउटा अधिकमास थपेर सौर्य चक्रसँग तालमेल गराउने गरिन्छ ।
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो।
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। वडा...
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने  उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ ।
साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति
साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको उक्त जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ ।
Weather Update