कामपा ३० ले पाँच महिनामा उठायो ७ करोड ५६ लाख राजस्व
सोमबार, पुस ७, २०८२
आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गएको वर्षमा सम्पन्न योजना तथा चालु आर्थिक वर्षमा प्राप्त नतिजाका बारेमा जानकारी दिने क्रममा सङ्कलित राजस्वको अङ्क सार्वजनिक गरिएको हो ।
योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन
शनिबार, मंसिर २७, २०८२
काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्म पथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्त दास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३
बुधबार, मंसिर २४, २०८२
भौतिक सम्पदा स्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् ।
जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध वारुण यन्त्र कार्यालयको सबलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अन्डरग्राउन्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
शनिबार, कात्तिक २२, २०८२
- काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ ।
छठ पर्वलाई भव्य र सुरक्षित बनाउन महानगरपालिकाको विशेष तयारी
आइतबार, कात्तिक ९, २०८२
महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।


