आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
बिहीबार, साउन १४, २०८३
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा
बिहीबार, साउन १४, २०८३
आज साँझ ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
बिहीबार, साउन १४, २०८३
बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह
बिहीबार, साउन १४, २०८३
सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
बिहीबार, साउन १४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
बिहीबार, साउन १४, २०८३
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिहीबार, साउन १४, २०८३
विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन
बिहीबार, साउन १४, २०८३
भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ ।
पाथीभारा माता भन्दै महिलामाथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा
बिहीबार, साउन १४, २०८३
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, साउन १४, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६...
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
बिहीबार, साउन १४, २०८३
आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकार र चिकित्सक संघबिच ५ बुँदे सहमति
बुधबार, साउन १३, २०८३
नारायणी अस्पतालमा घटेको घटनाका दोषीहरूलाई कारबाही र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति भएको छ।


