देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशबासीको नाममा सम्बोधन गर्न लागेका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।
आज अपराह्न प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका थिए । सो भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाने तय भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १७:१४
प्रतिक्रिया दिनुहोस्




