यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, असार १५, २०८३
आज किसानको विशेष दिन असार १५, राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै
सोमबार, असार १५, २०८३
आज असार १५ । राष्ट्रिय धान दिवसका रूपमा मनाइँदैछ। मानो रोपेर मुरी फलाउने भनाइसँग जोडिएको यो दिन खेतमा काम गरी दही चिउरा खाएर मनाउने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ...
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
सोमबार, असार १५, २०८३
ण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ । विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ । देशभर साधारणतया बादल लागेको छ ।
दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै क्यानडा अन्तिम १६मा
सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
प्रचण्ड भन्छन्– कम्युनिष्टहरुबीच छिटो एकता गरौं
आइतबार, असार १४, २०८३
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।
ठूलीभेरी नगरपालिका असार २५ गतेसम्म सार्वजनिक विदाको दिन पनि खुल्ने, यस्तो छ कारण
आइतबार, असार १४, २०८३
कार्यालय सबै दिन खुल्ला रहने भएपनि कार्यालय समय भने साविककै रहने नगरपालिकाले जानकारी दिएको छ ।
तयार भयो बडिगाड गाउँपालिकाको आधारभूत अस्पताल, मुख्यमन्त्री पाण्डेले गर्नेछन् उद्घाटन
आइतबार, असार १४, २०८३
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा निर्मित १५ शैय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो उद्यमशाला कार्यक्रम, कसरी सहभागी हुने साना र मझौला व्यवसायी ?
आइतबार, असार १४, २०८३
यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकले दियो पर्वतको जननेत्र माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
आइतबार, असार १४, २०८३
एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिकामा पर्ने जननेत्र माविलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
आइतबार, असार १४, २०८३
वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
घरपझोङ गाउँपालिकाद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आइतबार, असार १४, २०८३
मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । ‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो ।
कीर्तिमानी आरोही फुञ्जो चुमनुब्री गाउँपालिकाको पर्यटन सद्भावना दूत घोषित
आइतबार, असार १४, २०८३
कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी
आइतबार, असार १४, २०८३
मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान...


