तयार भयो बडिगाड गाउँपालिकाको आधारभूत अस्पताल, मुख्यमन्त्री पाण्डेले गर्नेछन् उद्घाटन

 

काठमाडौँ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा निर्मित १५ शैय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।

अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भएपछि गाउँपालिकाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गर्न लागेको छ ।

अस्पताल निर्मणको कार्य सम्पन्न भएकोले असार १५ गते उद्घाटन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । 

यस्तै, सो गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा पनि गर्न लागिएको छ ।

अस्पताल भवन उद्घाटन तथा पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा कार्यक्रममा सहभागी हुन् गाउँपालिकाले बडिगाड गाउँपालिकावासी सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्था, युवा क्लब, महिला समूह, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

गाउँपालिकाले असार १५ गते विहान ११ बजे औपचारिक कार्यक्रम गरी अस्पताल उद्घाटन गर्न लागेको हो ।

 

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update