बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन 
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन  कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।
सरकार र आन्दोलनरत नर्सबीच सहमति
सरकार र आन्दोलनरत नर्सबीच सहमति सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ ।
नेपाल अमेरिकासँग चार विकेटले पराजित्
नेपाल अमेरिकासँग चार विकेटले पराजित् आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।
हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन
हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् ।
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो
एमालेको महाधिवेशनस्थल काठमाडौं सारियो आउँदो मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान 
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान   प्रम कार्कीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्वयसँग निर्वाचनबारे परामर्श प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।
Weather Update