समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
आइतबार, पुस १३, २०८२
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज (आइतबार) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
चीनको सुपरफास्ट रेलको रेकर्ड- २ सेकेन्डमै ७०० किमि प्रतिघण्टाको गति
आइतबार, पुस १३, २०८२
चीनले तीव्र गतिको यातायात क्षेत्रमा अर्को ठूलो फड्को मारेको छ । चीनको एक सुपरफास्ट चुम्बकीय लेभिटेसन (म्याग्लेभ) रेलले गुडेको दुई सेकेन्डमै ७०० किलोमिटर प्रतिघण्टाको गति पक्रेर नयाँ विश्व रेकर्ड कायम गरेको छ । यो हालसम्मको सबैभन्दा छिटो सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ रेल मानिएको छ ।
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने
आइतबार, पुस १३, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन
आइतबार, पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो ।
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
शनिबार, पुस १२, २०८२
बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
शनिबार, पुस १२, २०८२
बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए। 'समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ,' सचिव डा भट्टराईले भने।
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए
शनिबार, पुस १२, २०८२
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए।
कारागार तोडफोड गरी फरार पाँच जना प्रतिवादी पक्राउ
शनिबार, पुस १२, २०८२
पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो। त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका...
उखु काटेर उद्योगमा पुर्याउन उखु किसानलाई धपेडी
शनिबार, पुस १२, २०८२
भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने,'समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ।'
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
शनिबार, पुस १२, २०८२
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी
शनिबार, पुस १२, २०८२
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो ।
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
शनिबार, पुस १२, २०८२
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथ गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लङ्घनका कुनै...


