देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा आज (असोज २६) हल्का वर्षाको सम्भावना छ ।
२३ अर्ब २२ करोडबराबरको बिमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
२३ अर्ब २२ करोडबराबरको बिमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी गएको भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँबराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार, निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।
इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’
इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’ यही असोज १८ गते भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
गाजामा बन्धकमा नेपाली विद्यार्थीदेखि जुम्ल्याहा दाजुभाइ र इजरायली सैनिकसम्म
गाजामा बन्धकमा नेपाली विद्यार्थीदेखि जुम्ल्याहा दाजुभाइ र इजरायली सैनिकसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायलबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा बाँकी रहेका सबै बन्धक सोमबारसम्म रिहा हुने बताएका छन् ।
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले अर्थको यस्तो पत्रबाट नेप्सेमा हलचल मच्चियो । कर्मचारी आन्दोलित भए । अनि नेप्से कर्मचारी संघको नेतृत्वमा श्रम कार्यालयमा उजुरी गरियो । श्रम कार्यालयले अर्थ मन्त्रालयको पक्षमा फैसला गर्यो ।
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग
स्वास्थ्य बिमाबाट वञ्चित २६ सय विपन्न नागरिकलाई विदुर नगरपालिकाको सहयोग स्वास्थ्य बिमाको पहुँचमा नरहेका करिब सात सय परिवारका दुई हजार ६०० भन्दा बढी नगरवासीको स्वास्थ्य बिमा नगरपालिकाको आर्थिक लगानीमा गरिएको हो ।
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुन्छ ।
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ?
अध्यक्षलाई नै बन्धक बनाउने गरी नेप्से कर्मचारी आन्दोलित भएको विषय के हो ? दुई पटक आएको प्रहरी टोलीले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थुनिएको जानकारी पाउनै सकेन । तर, रातको १० बजेसम्म पनि उनीहरु बन्धक बनाइएका थिए ।
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ
काठमाडौँ महानगरले भन्यो– सामुदायिक कुकुर र बिरालोको बन्ध्याकर गर्ने संघ संस्थाले आवेदन देऊ महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको छ ।
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।
सेयर बजार खुलेको तीन मिनेटमै १०२ अंक बढेर सर्किट ब्रेक
सेयर बजार खुलेको तीन मिनेटमै १०२ अंक बढेर सर्किट ब्रेक धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । अब बजार ११ बजेर २३ मिनेटमा खुल्नेछ ।
Weather Update