प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री
प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री थप हुन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ
‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसाको नाममा संगठित मानव तस्करी संचालन गरेको आरोपमा सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चालेको छ । आयोगले बिहीबार विशेष अदालतमा भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी
गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार 
जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार  सरकारले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री जगदीश खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिने विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार...
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उनले बताए ।
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले जानकारी दिए। 
विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने
विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईंले जानकारी दिए। प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु
देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ । यहाँ हुँदै बग्ने नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो ।
रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन
रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।
Weather Update