आइपुग्यो १५ लाख २३ हजार बोरा मल, साल्ट ट्रेडिङ भन्छ– पालिकामा गएर लिदा हुन्छ
आइतबार, भदौ १, २०८२
संघ सरकारले समयमै मल आयात गरी तोकिएका वितरण केन्द्रमा पुर्याउनु पर्नेमा गैरजिम्मेवार ढंगले मन लागेको बेलामा आयात गरिने परिपाटी बढेको उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
आइतबार, भदौ १, २०८२
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।
विद्युत् प्राधिकरणको नाफा गत वर्षभन्दा १ अर्ब ४६ करोडले घट्यो
आइतबार, भदौ १, २०८२
आ.व. २०८१/८२ मा प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ। जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
कन्चनरुप नगरपालिकाको पिपरामा करेन्ट लागेर श्रीमान् श्रीमतीकै निधन
आइतबार, भदौ १, २०८२
सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्।
अंग्रेजलाई परास्त गरेको खुशियालीमा पाल्पामा आज भगवती जात्रा
आइतबार, भदौ १, २०८२
भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ मा जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।
कनकाई नगरपालिकाको कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह
आइतबार, भदौ १, २०८२
झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।
दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान
आइतबार, भदौ १, २०८२
सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
आइतबार, भदौ १, २०८२
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
आइतबार, भदौ १, २०८२
आज भदौ १ गते। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ।
गोरखाको चुमनुब्री गाउँपालिकाको ल्हो गाउँमा आगलागी, ६ घर खरानी
आइतबार, भदौ १, २०८२
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्न भारतीय विदेश सचिव आज नेपाल आउँदै
आइतबार, भदौ १, २०८२
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईको निम्तोमा मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
वैशाखयता विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु
आइतबार, भदौ १, २०८२
गत वैशाखदेखि ३१ साउनसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् ।


