Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धगुफा मोटरमार्गको बैडलेदेखि मसारडाडा चोकसम्म कालोपत्रे हुँदै, नगरपालिकाले गरायो सडक बन्द

काठमाडौँ । तनहु जिल्लामा पर्ने सिद्धगुफा मोटरमार्ग अन्तरगतको कैडलेदेखि मसारडाँडा जाने चोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।

भिमाद नगरपालिकाको वडा नं. ७ मा पर्ने सो सडक पोखराको इकोजोन आर्किटेक्ट एण्ड कस्न्ट्रक्सन प्रालिले निर्माण गरेको हो । सडक कालोपत्रे गर्न सुरु भएपछि भिमाद नगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरेर सो सडक बन्द गराएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले दिएको जानकारी अनुसार फागुन ११ गतेदेखि फागुन १८ गतेसम्म ८ दिनको लागि बाटो बन्द गरेर कालोपत्रे सुरु गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update