काठमाडौँ । तनहुँ जिल्लाको भिमाद नगरपालिकाले वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि अघि बढाएको सार्वजनिक खरिद प्रक्रिया स्थगित गरेको छ।
नगरपालिकाले २०८३ वैशाख २१ गते वडा कार्यालय भवन निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा सूचना प्रकाशित गरेको थियो। तर सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी पोर्टल पूर्णरूपमा बन्द भएपछि ठेक्का प्रक्रिया प्रभावित भएको नगरपालिकाले जनाएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट २०८३ वैशाख १९ गतेको पत्रमार्फत विद्युतीय खरिद प्रणाली प्रयोग स्थगित गर्न तथा हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको निर्देशन प्राप्त भएको उल्लेख गर्दै नगरपालिकाले हाललाई उक्त ठेक्कासँग सम्बन्धित सम्पूर्ण कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम पोखरेलले जानकारी दिए ।
नगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्राप्त राय, परामर्श तथा निर्देशनबमोजिम आगामी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।




