काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मतदान प्रक्रिया सहज बनाउन विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
सरकारले ३ दिन सार्वजनिक विदा दिएपछि फागुन २० गतेदेखि लगातार लामो विदा पर्ने भएको छ । फागुन २३ गते शनिवार हो भने २४ गते नारी दिवस छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्







