थप बढ्यो अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य
मंगलबार, माघ १३, २०८२
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
मंगलबार, माघ १३, २०८२
निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ ।
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिँदै महामन्त्रीद्वयले जारी गरे परिपत्र
सोमबार, माघ १२, २०८२
सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ
सोमबार, माघ १२, २०८२
मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए। उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।
विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान
सोमबार, माघ १२, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
सोमबार, माघ १२, २०८२
आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, माघ १२, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
माघ तेस्रो सातादेखि एचपिभी खोप लगाउने सरकारको तयारी
सोमबार, माघ १२, २०८२
‘खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ‚’ उनले भने,‘कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी...
सरकारले पौडेललाई दियो बिमा प्राधिकरणको जिम्मेवारी
सोमबार, माघ १२, २०८२
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न‚ प्रत्यक्षतर्फको सुरू
सोमबार, माघ १२, २०८२
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु
सोमबार, माघ १२, २०८२
डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्तारूढ दलकै कारण रोकियो सुदूरपश्चिमको स्थानीय सेवा विधेयक
सोमबार, माघ १२, २०८२
सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट
सोमबार, माघ १२, २०८२
राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था गरेको छ । तर, निर्वाचन प्रयोजनका लागि यस्तो व्यवस्थामा छुट दिइएको छ ।


