नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट “विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन 
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन  छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका 
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका  “निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
आहा ! तिहारमा बत्तीको झिलिमिली
आहा ! तिहारमा बत्तीको झिलिमिली
विपिन कहिल्यै अस्ताउने छैनन्
विपिन कहिल्यै अस्ताउने छैनन् जोशीप्रति आज श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनिन्-“जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”
गृहमन्त्री अर्यालको दाबी- भागेका पूर्व मन्त्री खड्का नेपाल फर्कनुभयो
गृहमन्त्री अर्यालको दाबी- भागेका पूर्व मन्त्री खड्का नेपाल फर्कनुभयो “उहाँ आफैँले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्‍यो नि‚” गृहमन्त्री अर्यालले भने‚ “ मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।”
मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान‚ चरा संरक्षित नगरपालिका घोषणा गर्न माग
मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान‚ चरा संरक्षित नगरपालिका घोषणा गर्न माग विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्ग सरी भएको खरेलको भनाइ छ । उनले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताए ।
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा 
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
Weather Update