ग्यास बुलेटमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
प्रतिनिधि सभा विघटनविरुद्ध १६ रिट, कात्तिक १२ गते सुनुवाइ
सोमबार, कात्तिक ३, २०८२
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार थप पाँच रिट निवेदन दर्ता भएका छन्। यसअघि ११ रिट निवेदन दर्ता गरिएका छन्। यही कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
सोमबार, कात्तिक ३, २०८२
हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइपुर्याइँदै छ।
भीभीआईपीको स्वागतमा कानुनले निर्धारण गरेको व्यक्ति मात्र जाने, फूलमाला/खादा प्रयोग नगर्ने
सोमबार, कात्तिक ३, २०८२
गृह मन्त्रालयले अतिविशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) जिल्लामा आउँदा प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्य व्यत्ति स्वागत गर्न नजान भनेको छ ।
हङकङमा कार्गो विमान समुद्रमा खस्दा दुईजनाको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एउटा कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ ।
६ महिनाभित्र स्थिर सरकार दिने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
सोमबार, कात्तिक ३, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले ६ महिनाभित्र स्थिर सरकार दिने बताएकी छन् । फागुन २१ मा स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गरेर स्थिर सरकार दिने उनले दोहोर्याएकी छन् ।
धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
सोमबार, कात्तिक ३, २०८२
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
आइतबार, कात्तिक २, २०८२
मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित...
राजनीतिक दलसँग वार्तामा बस्दै प्रम कार्की‚ मंगलवारलाई बोलाइन् बैठक
आइतबार, कात्तिक २, २०८२
बालुवाटार स्रोतका अनुसार अन्तरिम सरकार प्रमुख कार्कीले मङ्गलवार अर्थात् कात्तिक ४ गते दिउँसो ४ बजेका लागि दलहरूलाई संवादमा आउन भनेकी हुन्। उनले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलबाट २-२ जना उच्चस्तरीय प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी हुन् ।
टीयु क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो
आइतबार, कात्तिक २, २०८२
रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।
जेनजी आन्दोलनले रोकिएको मापसे चेकिङ पुनः सुचारु
आइतबार, कात्तिक २, २०८२
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको प्रहरी विभागले जानकारी दिएको छ।
सिरहाका पाँच स्वास्थ्य संस्थालाई प्रसूतिसम्बन्धी उपकरण हस्तान्तरण
आइतबार, कात्तिक २, २०८२
मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही र बरियारपट्टि स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल तथा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार ती उपकरणहरू प्रदान गरिएको हो ।
राष्ट्र र राष्ट्रियता सङ्कटमा छ, एकजुट भएर अघी बढ्नुपर्छ: नेता श्रेष्ठ
आइतबार, कात्तिक २, २०८२
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्।


