सम्झौदाको म्याद सकिदा पनि बनेन पुल, राष्ट्रिय राजमार्गमा जोडिएनन् पलाँता र पचालझरना गाउँपालिका

 

कालीकोट । निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि कालिकोटको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । 

पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो ।

कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन । 

पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए ।

‘२०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ,’ उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update