पन्ध्र शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न

तनहुँ । तनहुको व्यास नगरपालिका–१० दुम्सीबजारमा १५  शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान दिएको बताए ।

व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा राजु पौडेलले अस्पताल भवन ९६ लाख ३८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित हाल कूल दुई करोड ६६ लाख रुपैयाँ लागत पुगेको जानकारी दिए ।

अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update