सरकारी लगानीको ३ बैंकका संचालहरुले दिए राजीनामा

काठमाडौं । सरकारको पनि लगानी रहेका ३ वटै वाणिज्य बैंकका संचालकहरुले पदबाट राजीनामा गरेका छन् ।

सरकारले ऐन बाहेकको प्रक्रियाबाट सार्वजनिक संस्थानहरुमा नियुक्ति पाएका पदाधिकारीहरुलाई राजीनामा गर्न भनेपछि सरकारकाे पनि लगानी रहेका ३ बाणिज्य बैंकहरुका संचालक समिति अध्यक्ष तथा सदस्यहरुले राजीनामा गरेका हुन् ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ । नेपाल बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले राजीनामा गर्ने भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update