काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले सेवा करारमा शिक्षक पदपूर्तिका लागि दोस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ।
गाउँपालिका अन्तर्गत सञ्चालित एक सामुदायिक विद्यालयका लागि खुला प्रतिस्पर्धाबाट १ जना निम्न माध्यमिक तहको विज्ञान शिक्षक करारमा नियुक्ति गर्न लागिएको हो।
गाउँपालिकाले जेठ ४ गते पहिलो पटक सूचना प्रकाशन गरेकोमा सो अवधिमा पदपूर्ति हुन नसकेपछि आज दोस्रो पटक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
यो पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले सम्बन्धित विषयमा प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ। शिक्षक चयनका लागि शिक्षक सेवा आयोगले निर्धारण गरे बमोजिमको पाठ्यक्रम अनुसार परीक्षा लिइनेछ भने परीक्षाको मिति पछि प्रकाशन गरिनेछ।
आवेदन दिने अन्तिम मिति यही जेठ २८ गते कार्यालय समयभित्र तोकिएको छ भने आवेदन दस्तुर एक हजार पाँच सय रुपैयाँ राखेको छ ।
दस्तुर बुझाउने विधि यही २९ गतेभित्र नबिल बैंक लिमिटेडमा रहेको भुम्लु गाउँपालिकाको आन्तरिक राजस्व खाता नम्बर २१५०१०१७५०००४५ मा रकम जम्मा गरी भौचर पेश गर्नुपर्नेछ।
इच्छुक आवेदकले गाउँपालिकाको कार्यालयमा उपस्थित भई वा गाउँपालिकाको आधिकारिक वेबसाइट www.bhumlumun.gov.np बाट फारम डाउनलोड गरी आवश्यक कागजातहरू निवेदन, नागरिकता, अनुभव, शैक्षिक योग्यताका प्रमाणपत्र र ३ प्रति पासपोर्ट साइज फोटो स्क्यान गरेर [email protected] मा इमेलमार्फत समेत आवेदन दिन सक्नेछन्।
यस सम्बन्धी थप विस्तृत जानकारीका लागि गाउँपालिकाका सम्पर्क व्यक्ति रुद्र लाल श्रेष्ठलाई ९८५१११२९७० मा सिधै सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत लेखनाथ भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ।





