भुम्लु गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

काभ्रेपलाञ्चोक I भुम्लु गाउँपालिकाले आफ्ना मातहतका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूलाई तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि, स्थायी तथा अन्य कर्मचारी र शिक्षकहरूलाई आगामी भदौ १५ गतेभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण खामबन्दी गरी गाउँपालिकाको कार्यालयमा पेश गर्न निर्देशन दिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९१० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ९क० को उपदफा ९१० बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ भट्टराईद्वारा हस्ताक्षरित सूचनाअनुसार, गाउँपालिकाले सम्पूर्ण विवरण एकीकृत गरी बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा पेश गर्नुपर्ने भएकाले भदौ १५ भित्र विवरण बुझाउन अनुरोध गरिएको छ।

साथै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफैँ उपस्थित भई सम्पत्ति विवरण बुझाउन चाहने जनप्रतिनिधि तथा कर्मचारीहरूले भने आर्थिक वर्ष समाप्त भएको ६० दिन ९भदौ मसान्त० भित्र सोझै बुझाउन सक्ने व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update