मन्त्रिपरिषद बैठकले गर्यो यी ४ निर्णय

 

काठमाडौँ । जेठ २६ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ४ निर्णय गरेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको हो ।

बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै, निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारले  विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ । यस्तै, पूर्वगृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update