जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा भू-उपयोग वर्गीकरण सम्बन्धी पुनः सूचना जारी

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रको जग्गा वर्गीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेसँगै पुनः एकपटक सार्वजनिक सूचना जारी गरेको छ।

उपमहानगरपालिकाको स्थानीय भू-उपयोग परिषद्को मिति २०८३/०१/३१ गतेको निर्णयानुसार नगर क्षेत्रभित्रका जग्गाका कित्ताहरूलाई भू-उपयोग क्षेत्रमा वर्गीकरण गरिसकिएको छ। यसअघि नै वर्गीकरण सम्बन्धी सूचना प्रकाशन भइसकेको भए तापनि तोकिएको अवधि समाप्त हुन लागेकाले सरोकारवालाहरूलाई सचेत गराउन उपमहानगरपालिकाले यो पुनः सूचना जारी गरेको हो।

छुट भएका कित्ता र दाबी विरोधका लागि आह्वान

उपमहानगरपालिकाका अनुसार हालसम्म वर्गीकरण गरिएको विवरणमा कुनै दाबी, विरोध वा सच्याउनुपर्ने कुराहरू भएमा तुरुन्त निवेदन दिन आग्रह गरिएको छ। साथै, वर्गीकरण गर्न छुटेका कित्ताका जग्गाधनीहरूलाई समेत तोकिएको अवधिभित्रै आफ्नो निवेदन पेस गर्न सूचित गरिएको छ। म्याद समाप्त हुन लागेकाले सम्पूर्ण सम्बन्धित जग्गाधनी तथा सरोकारवालाहरूलाई यो अन्तिम मौकाको उपयोग गर्न नगरपालिकाले जोड दिएको छ।

डिजिटल माध्यमबाट विवरण हेर्न सकिने

जग्गाधनीहरूको सहजताका लागि उपमहानगरपालिकाले वर्गीकृत भू(उपयोग क्षेत्रको कित्तागत विवरण डिजिटल प्रविधिमार्फत उपलब्ध गराएको छ। सूचनामा समावेश गरिएको त्तच् ऋयमभ स्क्यान गरी सर्वसाधारणले आफ्नो जग्गाको कित्तागत विवरण सजिलैसँग हेर्न र जाँच गर्न सक्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका निमित्त इन्जिनियर राम नरेश यादवले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update