आज र भोलि काठमाडौँ उपत्यकामा अतिभारी वर्षाको पूर्वानुमान, काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

 

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर  काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो । 

 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update