Odapalika - The Fourth Estate - चौथो अंग
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ । 

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । मंसिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । 

मंसिर मसान्तसम्म फाराम भर्दा ३ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update